रामका लागी

52464320_1813262275442692_5722590008301322240_n

१२ बर्ष अघि तिरकाे कुरा हाे, किरण मिसले लेखा पढाइराख्नु भएकाे बेला दुइ जाेसिला केटाहरु कक्षाकाेठाकाे ढाेकानिर अाएर उभिए । मिस लगाएत सबै बिद्यार्थीहरुकाे ध्यान उनिहरुमा गएर अड्कियाे । उनिहरुमा सिहंकाे जस्ताे जाेस थियाे । अाँखामा अाँगाेकाे ज्वाला दन्किरहेकाे थियाे । हेर्दै क्रान्तिकारी जस्ता देखिने ति तरुणा केटाहरु अाखिरीमा अखिल क्रान्तिकारी बिद्यार्थी नै थिए । जनकल्याण मावी का ।

मैले रामलाइ चिनेकाे त्यतिखेर देखिनै हाे । उनिहरुकाे अागमनले कक्षाकाेठामा जुन तरगं पैदा गराएकाे थियाे त्यहि कुराले गर्दा म रामबाट एकदमै प्रभाबित भएकाे थिए । म काठमाण्डुमा ९ कक्षा पढ्दाताका चिनेकाे पहिलाे स्कूले साथी नै राम र बिष्णु हुन् । बिष्णु उहि हाे जाे रामसँगसगै कक्षाकाेठा तरंगित पार्नेवाला अर्काे क्रान्तिकारी बिद्यार्थी थियाे । बिष्णु पनि म जस्तै सुदूरपश्चिमेली हुनाले एकदम कम समयमै हामी घनिष्ठ हुन पुग्याै । बिष्णुसँगैकाे मित्रताले मलाइ रामसँगपनि नजिकिने माैका दियाे ।

स्कूलमा सबैकाे प्याराे थियाे राम । नेपाली पढाउने कुमारी कमला राइ मिसले रामलाइ देख्नेबित्तिकै बिद्यार्थी अान्दाेलन र अरु त्यस्तै – त्यस्तै कुराहरु साेधिराख्नुहुन्थ्याे । राम र बिष्णुकाे स्कूल र शिक्षकप्रतिकाे ब्यबहारले गर्दा नै जनकल्याणमा बिद्यार्थीले राजनिति गर्ने अनुकुल बाताबरण बनेकाे थियाे । साथीहरुप्रति पनि निकै लाेकप्रिय नै मान्नपर्छ रामलाइ । सधै हँसिलाे र फुर्तिलाे मुद्रामा देखिने राम चिरिचट्ट परेर कक्षामा अाउनु उसकाे अर्काे बिशेषता थियाे ।

मलाइ ठ्ठयाक्कै यकिन भएन कहिले हाे, तर त्यतिबेला राम र म चाबहिलमा अखिल क्रान्तिकारी बिद्यार्थीकाे मिटिगं हाे कि के हाे त्यस्तै राजनिती सिलसिलाकाे कामबाट घर फर्किदै थियाै । मैले उसकाे भुमीगतकालका कुरालाइ माेडेर प्रेम जिवनकाे बारेमा साेधेकाे थिएँ । एकदमै खुलस्त भएर सबै कुरा सुनाएकाे थियाे रामले । उसकाे प्रेमकथाले मलाइ बेलाबेलामा भाबुक पनि बनाइरहेकाे थियाे । उसले अाफ्नाे प्रेमकथा सुनाइराख्दा त्याे सरस्वतीनगरकाे लामाे र पट्यारलाग्दाे बाटाे पनि निमेषभरमै कटेकाे जस्ताे भान भएकाे थियाे । उसकाे प्रेमकथाबाट उसलाइ एक सच्चा तथा त्यागी प्रेमीका रुपमा लिन्छु म । र मलाइ अखिल क्रान्तिकारी बिद्यार्थी सघंप्रति लाग्न प्रेरित गराउने राम र बिष्णुलाइ नै मान्दछु ।

समयकाे झोँकासँगै हामी कता पुगिम् कता । त्यसपछिकाे भेटमा मैले रामलाइ स्काउटका रुपमा भेँटे । निकै प्रगति गरिसकेकाे थियाे रामले । उहि राम जाे एक क्रान्तिकारी बिद्यार्थी थियाे, जाे एक सच्चा र त्यागी प्रेमी थियाे, र जाे एक असल साथी र नेपाल स्काउटकाे राष्ट्रिय काेअाेर्डिनेटर पनि हाे, केहिदिन अघिमात्र उसले अाफ्नी फिलिपीनी प्रेमीकासँग लगनगाँठाे कसेकाे छ । भिन्न – भिन्न रुपले जिवन जिएकाे राम फेरि एउटा भिन्नै रुपकाे जिवनमा प्रबेश गरेकाे छ ।

यहि अवसरमा केहि पुराना दिनहरुकाे सम्झना गर्दै छुट्टै तरिकाले उसलाइ र उसकी धर्मपत्नी निक्कीलाइ बैबाहिक जिवनकाे शुभकामना दिउँ न त साेचे । र शब्दहरु फुराउदा फुराउदै केहि दिन ढिला भएपनि यिनै शब्दहरुमार्फत राम र निक्कीलाइ बैबाहिक जिवनकाे शुभकामना दिन चाहान्छु । सधै खुशी रहनु । सधै खुशी छरिरहनु । शुभकामना छ ।

विजय सागर,
११ फागुन २०७५

Leave a comment