पोस्टकार्ड

Untitled-1

“भियास, पारी ताराले नैया पोस्टकार किनेर ल्याछ । देशीले चौरामा क्या दामी-दामी पोस्टकार बेच्न राख्या छ गरे ।”

खोला पारीबाट दौड्दै आएको कालुले हाम्रो घरका बरण्डा नजिक उभिदै मलाइ सुनायो । मेरो अत्ताइको बेग कालुको श्वासको बेगभन्दा ब्यग्र भयो ।

चाहे भुजामा पर्ने सानाे पाेस्टकार्ड हाेस या १ रूप्पे जाने वाला ठुला पाेस्टकार्ड, ताराकाे हातमा सबै भन्दा अगाडी पर्थ्याे । र अाफुले पाउने बित्तिकै हामीलाइ देखाउदै कुद्थ्याे ।

ताराकाे बाटाे नजिक खाेका थियाे  । तारकी ममी  सामान किन्न चाैराह गइराख्ने भएकाले बजारमा पाइने नयाँ-नयाँ सामान सबभन्दा पहिला उसैकाे हातमा पर्थ्याे  । याे चाेटी पनि नँया सालकाे पाेस्टकार्ड उसैकाे हातमा परेकाे थियाे । गएकाे दिवालीमा दुइनाले बन्दुक र पटका कालुकाे हातमा परेजस्तै ।

नँया साल अाउन दुइ दिन मात्र बाँकी थियाे । तर मसँग यउटा पनि नयाँ पाेस्टकार्ड थिएन । न त पाेस्टकार्ड किन्नलाइ पैसा नै । ममीले सधै भुटेकाे चिउरा टिफिन बनाइदिने भएकाले पैसा पनि जम्मा पार्न सकेकाे थिएन । न त घरमा कुनै पाहुनाकाे अावत-जावत नै थियाे ।

मलाइ ताराले कुन हिराेकाे पाेस्टकार्ड किनेर ल्याएकाे हाेला भन्ने काैतुहलताले भन्दा पनि मैले कसरी नयाँ पाेस्टकार्ड किन्ने हाेला भन्ने कुराले सताउन थाल्याे । राती सुत्नुभन्दा अघि कापी किताब राख्ने र्याकबाट सबै पुराना पाेस्टकार्ड निकाले ।

“ह्यात्तेरि सबैमा नाम लेख्या रैछ ।” अावाज ननिकालेर मनमनै  भने ।

सबैमा नाम डटपेनले लेखिएकाे थियाे । मेटाएर नँया बनाउन पनि नमिल्ने । भित्तामा टालिएका पाेस्टकार्ड पनि चिहाँए तर उक्काएन । साेचे भाेलि काेइ नभएकाे बेला उक्काउछु । तर म भाेलीलाइ पर्खन नसक्ने अवस्थामा पुगे । अन्तत भित्तमा माडले टाँसिएका पाेस्टकार्ड उक्काएरै छाडे । पाेस्टकार्ड उक्किन त उक्किए तर काेइ हिराे र हिराेनिका टाउकाे भित्तामै टालिएर बसे । पाेस्टकार्ड पनि काम नलाग्ने गरि च्यातिए । निद्र पर्नु अघिसम्म मलाइ भाेली कसरी नयाँ पाेस्टकार्ड किन्ने भन्ने चिन्ताले सताइरह्याे ।

भाेलीपल्ट दिउँस घरमा काेइ नभएकाे माैका पारेर सुत्ने खाटकाे  सिरानमुनि छापा मारें । कागजका टुक्रा बाहेक केहि भेटिएन । गाेड्यानतिर पनि गद्दा उठाएर हेरे । त्यहाँ झन् गद्दाकाे ठुस्स गन्हाउने गन्ध बाहेक अरू केहि पनि थिएन । अघिपछि त सिरानमुनि दाेकानबाट फिर्ता अाएका स-साना नाेट र छिल्लर भेटिन्थे । तिनी पनि बाकी थिएनन् । ममीसँग रिस उठ्नलाइ समय पनि मिलेन ।

खिन्नताले धुम्मीएकाे अनुहार लगेर पुजाकाेठा तिर छिरें । काेठाकाे पुर्वी कुनामा संताेषीमाताकाे पुजा गर्ने ठाउँ बनाइएकाे थियाे । हामी बच्चाबच्चीलाइ पुजाकाेठामा हरेक शुक्रबार मात्र छिर्न पाइन्थ्याे । ममीले संताेषी माताकाे पुजा सकाएपछी चना र गुड खान पाइन्थ्याे । र कहिले काहि पैसा पनि।

संताेषी माताकाे पुजा गर्ने थालीमा केहि रंगीचंगी छाेटा नाेट र अबिर र केशरीले लतपतिएका छिल्लरहरू थिए । थाली छेउमा घण्टी र घण्टीकाे मुण्टाेमा ध्वजा बाधीएकाे थियाे । राता र सेता रंगका धजा देखेर डर लाग्याे । फेरि भगवानकाे पैसा चाेर्दा पाप लाग्छ भन्ने कुराकाे डर पनि मनमा पस्याे । म थालिकाे पैसा नटिपी सरासर बाहिर निक्लिए ।

नैराश्यता छाएकाे मनलाइ शितलाे पार्न चिसाे बरण्डामा बसेकाे मात्र के थिए मेरा अाँखा सुत्ने काेठाकाे ढाेकाकाे चाैकाेसमाथी पर्याे ।  चाैकाेसकाे बिचमा सुकेकाे गाेबरकाे गाेलाे टिकाजस्ताे थुप्राे थियाे । केहि सुकेका दुबाेकाे शेषहरू चै-चै खेलिरहेका थिए । त्यसभन्दा माथी गाेबरमा गडेकाे सेताे छिल्लर थियाे । हत्तपत्त बरण्डाकाे बेन्चलाइ घसार्दै ढाेकानजिक पुर्याए । बेन्चमाथी चढेर गाेबरमा टाँसिएकाे छिल्लरलाइ बिस्तारै उक्काए । बेन्चलाइ फेरि अर्काे काेठाकाे ढाेका अगाडी लगेर त्यसै गरें । तर पुजाकाेठाकाे ढाेकामा टाँसिएकाे छिल्लर उक्काउन डर लाग्याे । संताेषी माताकाे पापकाे डर । र ममीले जुटकाे बाेरामा हालेर पिट्ने डर ।

जम्मा पारिएका दुइवटा ५०-५० पैसाका छिल्लरलाइ बाँटाकाे पानीले धाेएर सफा पारे । र अनि दाैडिए चाैराहतिर पाेस्टकार्ड किन्न ।

नँया बर्ष अाउनुभन्दा केहि दिन अघि देखि नै देशीहरूले लम्की चाैराहमा खटिया बिच्याएर हिन्दी फिलिमका हिराे हिराेनीकाे पाेस्टकार्ड बेच्न राखिहाल्थे । अजय देवनले माेटरसाइकलमा उभिएकाे, सुनिल सेट्ठीले बन्दुक समातेकाे, अक्षय कुमारले उडेर फाइट हानेकाे रंगीचंगी पाेस्टकार्ड । हिराेनिका पाेस्टकार्ड बिरलै पाइन्थे । तिघ्रा र नाइटाे देखाउने हिराेनिले देशीकाे खटियामा धेरै दिनसम्म अरू पाेस्टकार्डकाे गद्दीमा दबिएर बस्न पर्थेन । तिनलाइ ठुलाठुला दाइ दिदीहरूले लगीहाल्थे ।

अाफुलाइ चाहिएकाे छ दुइवटा पाेस्टकार्ड तर पैसा छ १ रूप्पेमात्र । साेचें एउटा पाेसटकार्ड झ्याप हान्छु । रबरले बानेकाे पाेस्टकार्डलाइ फुकाएर एकएक गरि हेर्दै गए । बेला बेलामा देशीकाे मुखतिर हेर्दै एउटा पाेस्टकार्डलाइ कट्टुकाे गेटिशभित्र लु्काउने दाउ पनि खाेजीरहें । देशीकाे अाँखा छलेर जब पाेस्टकार्ड लुकाउन तयारी हुन्थे, हातखुट्टा लगलग काँप्न सुरु गर्थे । अन्तिममा १ रूप्पे तिरेर यउटा पाेस्टकार्ड लिएर फर्किए ।

बाटाेभरि अर्काे पाेस्टकार्ड कसरी जुटाउने हाेला भन्ने कुराले सताइरह्याे । देशीले भर्खर बेच्न सुरू गरेकाे रंगिला बरफ, खाेकामा बेच्न राखिएका गाेट्टा मिठाइ, सडक छेउका झुप्रा हाेटलमा तात्ताताे तेलमा तारिएकाे कुरूम कुरूमवाला समाेसा, केहिमा पनि ध्यान गएनन् ।

हाम्राे घर अगाडीकाे खाेलानिर अाइपुग्दा अाँगनमा यमराज दाजुकाे साइकल देखें । र साइकलकाे ह्याण्डलमा बसेकी पवनकली पनि । दाैड्दै साइकल नजिक पुगेर पवनकलीलाइ जिस्काएँ । पवनकलीले चिथर्लीजस्ताे गरी । यमराज दाजु धारानिर बसेर ममीसँग कुरा गर्दै हुनुहुन्थ्याे । हातमा नेपाली फिलिमका एक गद्दी पाेस्टकार्ड थिए । यमराज दाजु यमराज नभएर मेरा लागी साक्षात् भगवान जसरी प्रकट भएकाे जस्ताे लाग्याे । दाजु नजिक गएर लाडे पल्टिदै पाेस्टकार्ड मागें । दाजु जाने बेला कडकडान परेकाे यउटा नचिनिने हिराेकाे पाेस्टकार्ड दिएर जानुभयाे । जसमा जिवन-दान लेखिएकाे थियाे । भाेलीका लागी दुइवटा पाेस्टकार्ड पनि जुटिसकेकाे थियाे । यउटा त झन् नेपाली फिलिमकाे पाेस्टकार्ड थियाे । जाेसँग नेपाली फिलिमकाे पाेस्टकार्ड हुन्थ्याे केटाकेटीकाे बगालमा त्यसकाे ठुलै सान हुन्थ्याे ।

राती सुत्नुभन्दा अघि साइनपेन खाेजेर पाेस्टकार्डमा नाम लेख्न तम्सीएकाे मात्र के थिए, झल्याँस्स भएँ । भद्रसँग केहिदिन अघिमात्र भएकाे झगडा संझिए । हाम्राे घरमा लुकिचाेर खेल्दाखेरि मैले झेली गर्दा भद्रकाे एक झापड भेटेंकाे थिए । त्यहि झापडकाे रिसमा मैले भद्रकाे यउटा बकुल्लाछाप चप्पल बल्दै गरेकाे अँगेनामा हाल्दिएकाे थिए । ताताे अँगेनामा हात हालेर चप्पल निकालेर घरतिर दाैडिएकाे भद्र त्यसपछी कहिल्यै हाम्राे घर अाएन । न त म नै गए भद्रकाे घरमा क्यारमबाेर्ड खेल्न । बेला बेलामा हाम्राे धारा र नल्कामा पानी लिन अाए पनि टाढै बस्थ्याे । जब दिदीले गाग्री भरिएकाे इसारा दिन्थीन उ अाएर जुरूक्कै उठाएर जान्थ्याे । एकपटक पनि मलाइ हेर्थेन ।

कालुका पनि मिल्ने साथीहरू उस्कै स्कुलमा थिए । अघिल्लाे नयाँ सालमा पनि उसले अाफ्नै स्कुलकाे साथीलाइ पाेस्टकार्ड दिएकाे थियाे । मैले जसका लागी भनेर पाेस्टकार्ड किनेकाे थिएँ उनिहरूसँगकाे तालमेल बिग्रेकाे कुरा मैले पाेस्टकार्ड जुटाउने दाैडधुपमा बिर्सेछु । भद्रसँग नबाेलेकाेमा एकदम खल्लाे लागेर अायाे । साेचेकाे थिए भद्र अाफै बाेल्न अाइहाल्छ तर उ अाएन । न त म नै बाटाे उबाे लागेर उसकाे घरतिर बाेल्न गएँ । घर नजिककाे साथी कालुलाइ पनि अात्मिय नबनाएकाेमा ग्लानी महशुस भयाे । साेचें त्यत्राे मेहेनत गरेर जुटाएकाे पाेस्टकार्ड अाखिरीमा ब्यर्थै जानेभयाे नयाँ सालसगै। अन्त्यमा पाेस्टकार्डकाे पछाडी केहि नलेखी किताबकाे बिच पानामा राखेर खाटकाे कुनापट्टी भित्तामा पेट टाँसेर सुतें ।

“भियास । भियास ।।”

एकाबिहानै झ्यालकाे ग्रिलबाहिरबाट कसैले बाेलाएकाे सुनें । अाँखा मिच्दै अगाडी बरण्डातिर गएँ । कालु र भद्र हातमा पाेस्टकार्ड समातेर उभिएका थिए ।

“ला याे पाेस्टकार्ड । अनि ह्याप्पी न्यु यिएर ।”

यति भन्दै कालुले अाफ्नाे हातकाे पाेस्टकार्ड मलाइ दियाे । भद्रले पनि अाफ्नाे हातकाे पाेस्टकार्ड मतिर तेर्साउदै भन्याे ह्याप्पी न्यु यिएर भियास ।

एकाबिहानै अाफ्नाे घरकाे अाँगनमा उनिहरूकाे उपस्थितीलाइ मैले बिश्वास गर्न सकिरहेकाे थिएन । शायद नयाँ बर्ष लागेकाले हुनुपर्छ, बर्षमा लेखिने अंक, ऋतु, भित्ताका पात्राे सँगसगै एकअर्काप्रतिकाे रिसराग मेटिएर नयाँ अायामहरू सुरू लागेकाे थियाे । नयाँ अायामकाे अागमन त हर बदलिदाे समयसँग पछि लागेर अाएकाे हुन्छ, बस जरूरी त याे हुन्छ कि ति अायामहरूलाइ महशुष गर्न हामी खुद अघि सर्न पर्दछ । त्यसरी नै अघि सरेर अाएका थिए कालु र भद्र हाम्राे घरबाहिर । मेराे खुशीकाे सिमाले फट्टक हालेर खाेला कटिसकेकाे थियाे । म त्यहि उत्साहमा केहि नबाेली दाैडिदै अाफ्ना काेठाभित्र छिरे । हत्तपत्त साइनपेनले दुइटा पाेस्टकार्डमा राम्रा अक्षर बनाएर लेखें:

“One glass of water.

Two glass of beer.

O my dear.

Happy new year.”

2059

From: B.S. Lamichhane

Leave a comment