खुश्बु

भुँइमा छरिएको एल्बमबाट रातो घुम्टीमा सजिएकी आफ्नो ममीको फाटो निकाल्दै खुश्बुले सोधि “म खै त ममी यो फोटोमा ? तपाई र बाबा मात्र हुनुहुन्छ ?” खुश्बुले फेरि एल्बमका फोटोहरु पल्टाउदै म तिर हेर्दै भनि ” म ठुलो भएपछि त सङ बिहा गर्छु है बिजे ?” मैले उसको अनुहार हेरिराखें । केहि बोलिन । एकछिन हास्न… Continue reading खुश्बु

अवन्तिका

मम नाम: अवन्तिका । गोत्र: काश्यप । गोरो वर्णकी ब्राह्मण केटी । उसको टुईटर एकाउन्टको बायो देवनागरी संस्कृत लिपिमै लेखिएको थियो । साथै, उसलाई कुनै व्यक्तिगत सन्देश नपठाउनु भन्ने छोटो भनाई पनि बायोबाट झल्किन्थ्यो । मलाई धर्मकर्म गर्ने गोरी ब्राह्मण युवतीहरू जति आकर्षक लाग्थे, अरू युवतीहरूमा आकर्षण गर्ने गुण पाउन मलाई निकै हम्मे-हम्मे पर्थ्यो ।… Continue reading अवन्तिका

रामका लागी

१२ बर्ष अघि तिरकाे कुरा हाे, किरण मिसले लेखा पढाइराख्नु भएकाे बेला दुइ जाेसिला केटाहरु कक्षाकाेठाकाे ढाेकानिर अाएर उभिए । मिस लगाएत सबै बिद्यार्थीहरुकाे ध्यान उनिहरुमा गएर अड्कियाे । उनिहरुमा सिहंकाे जस्ताे जाेस थियाे । अाँखामा अाँगाेकाे ज्वाला दन्किरहेकाे थियाे । हेर्दै क्रान्तिकारी जस्ता देखिने ति तरुणा केटाहरु अाखिरीमा अखिल क्रान्तिकारी बिद्यार्थी नै थिए ।… Continue reading रामका लागी

मेरो कथा – बुद्दिसागर

सानोमा स्कुल छाडेर भागेको। मोजाको फुटवल बनाएर खेलेको। खोलामा नाँगै नुहाएको। सरले मुर्गा बनाएर घाममा उभ्याएको। पहिलोपल्ट फिलिम हेरेको। घरमा आमाले पकाएको रारा चाउचाउ गड्यौलाजस्तो लागेर घिन मान्दै नखाएको। अस्ति भर्खरैजस्तो लाग्छ। समय त मिलको पट्टा पो रैछ। फनफनी घुमेको घुम्यै गर्छ। भन्छन् – खुशीमा समय चाडै बितेजस्तो लाग्छ। दुख्खमा समय एकैठाऊँमा अडेको अड्यैजस्तो हुन्छ।… Continue reading मेरो कथा – बुद्दिसागर

काबुलीवाला – रबीन्द्रनाथ टैगोर

रबीन्द्रनाथ टैगोर (रबीन्द्रनाथ टैगोर की कहानियाँ) मेरी पाँच वर्षकी सानी छोरी मिनीसँग एकैछिन पनि कुरा नगरी बस्न सकिँदैनथ्यो । जन्मेपछि भाषा सिक्न उनले एक वर्ष लगाएकी थिइन् । भाषा सिकिसकेपछि उनलाई खूब बोल्नुपर्ने भयो । जागा रहुन्जेल उनी एकैछिन पनि चुप लागेर बस्न सक्दिनन् । उनकी आमा कहिलेकाहीँ उनलाई हप्कीधप्की गरेर चुप लगाउने गर्छिन्, तर… Continue reading काबुलीवाला – रबीन्द्रनाथ टैगोर

भुँनिया पाेइल गइ

छुट्टिने बेलामा मैले मुन्नीसँग  साेँधे “भुँनिया कहा छिन मुन्नी ?” “भुँनिया त पोइल गइ सर ।” कति साधारण तरिकाले भनि त्यो नाबालखले । तर एक्दम असाधारण खालको भुमरिचक्र रिङ्न थाल्यो मेरो मन भित्र । भुँनिया कसरी पोइल जान सक्छे ? मलाइ बिश्वास छ भुँनियामा । मैले आफैसङ्ग मनमनै भने । “कहाँ गाकि हो ? केहि थाह छ… Continue reading भुँनिया पाेइल गइ

उपहार

“दादा, यो किताब पढेर काङ्रेस हुनुहोला है फेरि ।” उपहार स्वरुप बिपीको आत्मबृतान्त दिदा तनुजाले भनेकि थिइन् ।   बिपिलाइ मैले धेरै बुझेको थिइन । जति बुझेको थिए, जति पनि म माथि उहाँकाे प्रभाब परेको थियो त्यो सब उहाँकाे लेखहरुबाट थियाे । नरेन्द्र दाइ र दोशि चस्मा कथा संग्रहबाट थियाे ।   यो आत्मबृतान्त, जुन… Continue reading उपहार

पोस्टकार्ड

“भियास, पारी ताराले नैया पोस्टकार किनेर ल्याछ । देशीले चौरामा क्या दामी-दामी पोस्टकार बेच्न राख्या छ गरे ।” खोला पारीबाट दौड्दै आएको कालुले हाम्रो घरका बरण्डा नजिक उभिदै मलाइ सुनायो । मेरो अत्ताइको बेग कालुको श्वासको बेगभन्दा ब्यग्र भयो । चाहे भुजामा पर्ने सानाे पाेस्टकार्ड हाेस या १ रूप्पे जाने वाला ठुला पाेस्टकार्ड, ताराकाे हातमा सबै… Continue reading पोस्टकार्ड

कृतिजे

आज याे कोठा कती शून्य छ । मेराे मन जस्तै । झन् मेरा रूममेटहरू एकाबिहानै निस्केकाले होला मलाई यो कोठाको शून्यता उत्कर्षमा पुगेको जस्तो आभास भैरहेको छ । अन्जली बिहान इन्टर्भ्युमा जान भन्दा अगाडी पकाएर राखेको खाना जम्न मात्र बाँकी छ । आजको दिन मलाई यो फिक्का चियासँग निकै प्रगाढ साइनो गाँसिएको छ । लगभग मैले… Continue reading कृतिजे

म प्रेम

ट्रेनको बेगसँगै परका छानावाला घर वरवर सर्दै छन । झ्यालबाहिर कृसमसको सजावटहरु चम्किदै छन । ट्रेनको बत्ताइसँगइ झिलमिल मधुरो हुँदै छ । मधुरो बत्तिको बिचमा एकाएक एउटा चिटिक्क परेको मुहार देखिन्छ । दायातिरा सर्लक्क पारेर कोरिएको छोटो कपाल । काला घोरिईरहेका आँखाहरु । अलिकती दायातिरा ढल्केको उमंगित चुच्चो नाक । र पातलो ओठ । म… Continue reading म प्रेम